काठमाडौं । नेपाल टी २० लिगको व्यापारिक र रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ क्यान र विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता त्रुटिपूर्ण रहेको राष्ट्रिय खेलकुद परिषद राखेप को छानबिन समितिले निष्कर्ष निकालेको छ ।
९ /२७ पुसमा आयोजित नेपाल टी २० लिग अत्यधिक विवादमा तानिएपछि २० पुसमा राखेपले कार्यकारी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिमा बोर्ड सदस्य प्रकाश कुसारी, खेलकुद विकास विभागका अधिकृत सरोजकुमार पोखरेल, खेल विज्ञ सुवास बिसी र प्रशासकीय अधिकृत भोजानन्द राई हुनुभयाे ।
समितिले १५ दिनको समय पाएको थियो । तर, बीचमा सार्वजनिक विदा परेका कारण निर्धारित समयमा प्रतिवेदन तयार नभएको एक सदस्यले जानकारी दिए ।
क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गत भएको नपाइएको समितिका एक सदस्यले बताउनुभयो । तर, कुन प्रक्रियामा ऐनको उल्लंघन भएकोबारे उहाँले केहि खुलाउनुभएन ।