fbpx

कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । अहिले विश्वमा कोभिड-१९ को सब भेरियन्ट जेएन-१ नामक नयाँ भेरियन्टको जोखिम बढेको छ । नेपालमा अहिलेसम्म नयाँ भेरियन्टका नयाँ संक्रमित फेला नपरे पनि छिमेकी देशमा देखा परेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी देशमा जेएन-१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयले यसबारेमा आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताएका छन् ।

‘पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन-१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयले कोभिड-१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रीनिङ र निगरानी भइरहेको बताउँदै कोभिड-१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरेको छ ।

भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातका सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । 


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन