fbpx

किन अनुमति दिएन चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्न काठमाडौं महानगरले

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिनियाँ नयाँ वर्ष ९स्प्रिङ फेस्टिबल० का सन्दर्भमा ठमेलमा नेपालस्थित चिनियाँ दूतावासले आयोजना गर्न लागेका कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ ।

चिनियाँ दूतवासका डपुटी चिफ अफ मिसन वाङ सिनले एकसाता अघि काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए । पत्रमा काठमाडौं महानगरपालिकालाई सह–आयोजक बस्न समेत प्रस्ताव गरिएको थियो ।

लगत्तै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौंको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो । पत्रमा बिजुली, यातायात र पार्किङका लागि सहजीकरण गरिदिन भनिएको थियो ।

तर, काठमाडौं महानगरले ट्राफिक व्यवस्थापनको चुनौति र अस्तव्यस्तताको कारण उल्लेख गर्दै ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको छ । पत्रमा महानगरले ‘विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंको पर्यटन प्रवर्द्धन गर्ने हिसाबले २०२५ स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्ष ल्यान्टिन शो आयोजना गर्न लागेकामा’ धन्यवाद दिँदै स्थान परिवर्तन गरेर अन्यत्र कार्यक्रम गर्न सुझाएको छ ।

अघिल्ला वर्षहरुमा पनि चिनियाँ दूतावास आयोजक भएर गरिने यो कार्यक्रममा काठमाडौं महानगरपालिका सहआयोजक हुने गरेको थियो । तर, यसपटक अनुमति नदिनुका पछाडि बाहिरी चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले गरेको ढिलासुस्ती कारण रहेको मेयर बालेन शाहको सचिवालय स्रोतले जनाएको छ ।

‘कलंकीदेखि महाराजगञ्जसम्मको क्षेत्रमा अस्तव्यस्त रहेको सडकका कारण सिंगो राजधानी नै धुलाम्ये भएको छ, यस्तोमा उहाँहरुलाई पनि त्यहाँको स्थिति थाहा होस् भन्ने हिसाबले यस्तो जवाफ गएको हो’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘चिनियाँ कम्पनीका कारण समस्या भएको विषयमा सधैं गुनासो भइरहने तर, समाधान नभएकाले सांकेतिक विरोध गर्न समेत खोजिएको हो ।’

चिनियाँ दूतावासले पठाएको पत्रमा जनवरी २६ देखि डिसेम्बर ३१ सम्म ठमेल लाइट अप–२०२५ कार्यक्रम अन्तरगत ३०० भन्दा बढी रातो लालटिन राखेर ठमेलका सडकहरु सिँगारिने समेत भनिएको थियो । त्यसवापतको शुल्क नेपालस्थित चिनियाँ दूतावास र नेपाल ओभरसिज चाइनिज एसोसिएनले गर्ने भनिएको थियो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.३८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन