कागती अमिलो र रसिलो सदाबहार फल हो । कागती एक काँडादार रुखमा फल्दछ । फलफूल कागती भिटामिन सी को मुख्य स्रोत पनि हो। विभिन्न वैज्ञानिकहरुको अनुसार , कागतीमा भिटामिन बी, थायमिन, राइबोफ्लाबिन, भिटामिन सी, क्याल्सियम, फोस्फोरस, कार्बोहाइड्रेड, प्रोटिन, क्यालोरी, पोटासियम, म्याग्नेसियम आदि पोषक तत्त्वहरु पाइन्छ ।
विषेशगरि कागती तातो मौसममा फल्ने गर्दछ । चिसो याममा कागतीलाई विभिन्न औषधीका रूपमा प्रयोग गर्न सक्दछौँ । कागतीको प्रयोग गर्नाले दैनिक जीवनमा पनि एकदमै फाइदाजनक हुन्छ । कागतीका केही लाभदायक फाइदाहरु यसप्रकार रहेका छन् :
१. बदहजमी भएमा कागती काटेर चपाउँनाले या सानो टुक्रा काटेर कालो नुनको साथमा चुस्नाले फाइदा गर्दछ ।
२. जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने समस्या रहन्छ कागतीको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले पेट दुख्नमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ ।
३. यदि चक्कर आइरहेको छ या उल्टी भै रहेको छ भने कागतीको एक टुक्रामा कालो नुन मरिच हालेर खानाले चक्कर आउँन छोड्दछ ।
४. एक ग्लास पानिमा एउटा कागतीको रस निचोरेर त्यसमा चिनी पिँधेर पिउनाले हैजा रोकिन्छ ।
५. कागतीको शिकंजी, चीनी नहाली सिधेनुनको साथमा पिएमा कब्जियत रहन्न । स्कर्वी रोगमा कागतीको एकभाग रस तथा आठभाग पानि हालेर दैनिक सेवन गर्नाले या कागतीको रसमा थोरै सक्खर मिलाएर यसलाई तताएर सिरप बनाई यसमा थोरै पानि हालेर पिउँने गरेमा पित्तकोलागि यो अचुक औषधी बन्दछ ।
६.आधा कागतीको रसमा दुई चम्मच मह मिलाएर चाट्नाले तेज रुघाखोकीमा फाइदा पुग्दछ ।
७. कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।
८. उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा यसले शक्ति प्रदान गर्दछ ।
९.एक कागतीको रसमा तीन चम्मच सक्खर, दुई चम्मच पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा चायाँ रहन्न । कपालको मैलापनि सफाहुने गर्दछ । कपाल झर्नपनि रोकिन्छ । शैम्पु गरेपछी थोरै पानीमा कागतीको रस मिलाएर कपालमा लगाउँनाले कपाल चमकदार र मुलायम बन्दछ ।
१०. शरीरको मोटापा हटाउँन विहान हल्का तातो पानीमा कागतीको रस हालेर नियमित सेवन गर्नाले मोटापन कम हुन्छ ।
११.मलेरिया तथा हैजा जस्तो विरामीकोलागि कागतीको पानी अत्यन्त फाइदाजनक हुन्छ । कागतीमा पिँधेको मरिचको धुलो हालेर पानी पिएमा फाइदा गर्दछ । कागतीमा पिंधेको मरिच छर्केर केही तताएर चुसेमा फाइदा गर्दछ । यसले मलेरियाको जरोमा समेत फाइदा गर्दछ ।
१२. कालो कोहनियों सफागर्न कागती दुई भागमा काटेर त्यसमा खानेसोडाको पाउडर हालेर कोहनियों मा रगड्नाले मैलो हटेर कुहिनो सफा तथा मुलायम बन्दछ ।
१३. कागतीको सेवनले सुखा रोग निको हुन्छ ।
१४. कागतीको बोक्रालाई पिँधेर त्यस्को लेप शिरमा लगाएमा माइग्रेन ठीक हुन्छ ।
१५. कागतीको बीजलाई पिँधेर लगाउँनाले गंजापन रहन्न ।
१६. बहिरोपन भएमा कागतीको रसमा दालचिनीको तेल मिलाएर कानमा हाल्नाले फाइदा गर्दछ ।
१७. आधा कप गाजरको रसमा कागतीको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी हुदैँन ।
कागती दैनिक प्रयोग गर्नाले मानिसको दैनिक जीवनमा प्रतक्ष्य र अप्रतक्ष्य रुपमा सकारात्मक परिवर्तन ल्याउने गर्दछ । यसकारण स्वास्थ्यको दृष्टिकोणमा कागती एकदमै गुणकारी फलका रुपमा रहेको छ ।