सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा सुर्खेतकी नन्दा गुरुङ निर्वाचित हुनुभएको छ ।
प्रदेश सभा सभामुखको आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो।
गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्र को १३ र राप्रपा एक मत प्राप्त गर्नुभएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गर्नुभयो । पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गर्नुभएको हो ।