fbpx

एमाले नेता महरसँगको अडियो ‘फेक’ भएको महिलाको दाबी, प्रहरीमा उजुरी

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरको भनिएको ‘विवादित अडियो’बारे महिलाले प्रहरीमा उजुरी गरेकी छन् । महर र ती महिलाको आवाज समेटिएको यौन सम्बन्धी ‘विवाद’ मङ्सिर १५ मा बाहिरिएको हो । तर, अडियोमा समेटिएको आवाज आफ्नो नभएको ती महिलाले दाबी गरेकी छन् ।

परपुरुषसँग सम्बन्ध जोडेर आफ्नो सामाजिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने गरी कृत्रिम अडियो सार्वजनिक गरिएको भन्दै महिलाले त्यसबारे छानबिनको माग गरेकी छन् । प्रहरीको साइबर ब्युरोमा उनले दिएको उजुरीमा भनिएको छ–‘सो अडियोका कारण मेरो चरित्र हत्या भएको छ । मेरो सामाजिक प्रतिष्ठा माथि आँच आएको हुनाले विद्युतीय सामग्रीहरू प्रयोग गरी मेरो आवाज समेतलाई कृत्रिम रूपमा सम्पादन गरी सम्प्रेषण एवं प्रसारण गरिएकोमा आवश्यक अनुसन्धान गरी यस कार्यमा संलग्न जो कोही भए पनि विद्युतीय कारोबार सम्बन्धी ऐन–२०६३ बमोजिम कारबाही गरी पाउँ ।’

सार्वजनिक अडियोमा आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका छन् ।

महिलाले दिएको जाहेरीको दर्ता नम्बर ७७५७ रहेको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘उजुरीपछि आवश्यक अनुसन्धान अघि बढेको छ ।’


काठमाडौं

शुक्रबार, अशोज १८, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन