काठमाडौं । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किनुभएको छ ।
बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गर्नुभएको थियो । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।
दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जित्नुभयो । पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जिज्नुभयो । सन् २०२२ मा भने पुष्पा कास्यमा सीमित हुनुभएको ।
नेपालकै विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य हात पार्नुभयो । गोपिचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जित्नुभयो।