काठमाडौं ।मोरङको बक्राहा खोला किनारमा एउटै डोरीले पासो लागेको अवस्थामा महिला पुरुषको शव फेला परेको छ ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको हाँगोमा सँगै झुन्डिएको अवस्थामा सोही ठाउँका करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी हस्ता मृत भेटिएका हुन् ।मृतक दुवै विवाहित हुन् ।
मृत फेला परेकी जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनको एक वर्षका छोरा पनि रहेको प्रहरीले जनाएको छ ।
अजयका पनि दुई छोराछोरी छन् ।उनले जुबामुनीलाई आइतबार राति आफ्नै घरमा लिएर आएका थिए । भोलिपल्ट उनीहरू घरबाट हिँडेका थिए । आज रुखमा झुन्डिएको अवस्थामा उनीहरू मृत फेला परेका हुन् ।प्रेम सम्बन्धले समस्या उत्पन्न हुन सक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।