बैतडी । शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिता आज सुरू भएको छ ।
मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए ।
अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिनुभयो।
आज दशरथचन्द नगरपालिका २ देहिमाडौँ र दनपा ५ दशरथ चन्द तथा दनपा १० बाराकोट र दनपा ११ नागार्जुन भिड्दै छन् ।