fbpx

आगलागीमा परेका ३ जनाको मृत्यु, ३ घाइते

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार भएको आगलागीमा तीनजना घाइते भएका छन् ।

आगलागीका घाइतेमध्ये सुशीला पासपानको कीर्तिपुरस्थित जलनसम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, सोही अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया सुनीता कामत पनि मृत्यु भएको छ । यसअघि विराटनगर–६ का ३५ वर्षीय दीपक मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आगोले जलेर घाइते भएकामा ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिङ्की कामत र ६० वर्षीया रिता सरदार छन् । उनीहरूको कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि कीर्तिपुर लगिएको थियो । विराटनगर महानगरपालिकासहित विभिन्न पालिकाका गरी ६ वटा दमकल प्रयोग गरी स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन