fbpx

अमेरिकामा हिम आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ८९ पुग्यो

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । अमेरिकामा हिमआँधीका कारण ८९ जनाको मृत्यु भएको छ । हिम आँधी र हिउँसँग सम्बन्धित दुर्घटनाहरूमा देशभरमा विगत एक हप्तामा ठुलो जनधनको क्षति भएको छ । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ । ओरेगनमा मर्नेको सङ्ख्या १६ पुगेको छ । ती दुवै राज्यमा आपतकाल लगाइएको छ ।

देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू माझ बिजुलीको आपूर्ति ठप्प छ । हिउँका कारण खाने पानीका पाइप फुट्दा कयौँ स्थानमा पानीको आपूर्तिमा पनि अवरोध उत्पन्न भएको खबरहरू आइरहेका छन् ।

यो हप्ताको मध्यसम्म पनि स्थितिमा सुधार नआउने बताइएको छ । पछिल्लो एक हप्तामा विषम मौसमका कारण ८९ जनाको मृत्यु भएको सीबीएसको तथ्याङ्कले देखाएको छ ।

टेनेसी र ओरेगनमा ठुलो सङ्ख्यामा मृत्यु भएको भएपनि इलिनोइस, पेन्सिल्भेनिया, मीसीसीपी, वासिङ्टन, केन्टुकी, विस्कन्सिन, न्यूयोर्क, न्यूजर्जी र अन्यत्र पनि मृत्युका घटनाहरू भएका छन् । गएको बुधवार पोर्टल्यान्डमा शक्तिशाली आँधीका कारण बिजुलीको तार खसेर कारमा झर्दा करेन्ट लागेर एकै स्थानमा ३ जनाको ज्यान गएको थियो ।

सो घटनमा कारभित्र रहेका बालक भने जिउँदै भेटिएको बताइएको छ । मृत्युका अन्य मामिलाहरूमा अनुसन्धान भइरहेको सञ्चारमाध्यामहरुले बताएका छन् ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन